×

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेस-एमालेद्वारा ह्वीप जारी

images

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँलाई विश्वासको मत दिन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेका छन् । 

मुख्यमन्त्री बानियाँले आगामी मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तय भएपछि कांग्रेस-एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । 

बागमती प्रदेश सभाको बैठक मंगलबार दिउसो ४ बजे बस्दैछ ।  बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

 

आइतबार​ २६ साउन २०८२ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया