×

एन्फा कार्यसमिति बैठक साउन २ गते, महिला साफदेखि एनएसएलसम्मको एजेन्डा

images

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग ९एनएसएल० लगायत विभिन्न विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।

एनएसएल आयोजनाका लागि अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको मिति उपलब्ध गराइसकेको छ । तर ए डिभिजनका असन्तुष्ट चार क्लबले एन्फासँग छलफल गर्दै एनएसएलसँगको सम्झौता नै रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ । यी विषयको बारेमा कार्यसमितिमा छलफल हुनेछ ।


‘साउन २ गते कार्यसमिति बैठक डाकिएको छ । जसमा साफ महिला च्याम्पियनसिप, एनएसएल, केही पदाधिकारी नियुक्ति लगायत विषयमा छलफल हुनेछ’, महासचिव राईले भने ।

साफ महिला च्याम्पियनसिप भदौमा नेपालमा आयोजना गर्ने तय  भएपनि काठमाडौं वा बाहिर कहाँ गर्ने निर्णय भएको छैन । त्यसको टुङ्गो कार्यसमिति बैठकले लगाउनेछ ।

आइतबार​ २६ असार २०७९ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया