काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले चलाएको अनुशासनको कारबाहीलाई प्रतिशोधको संज्ञा दिएका छन् । उनले पार्टीले चलाएको अनुशासनको कारबाहीको सन्दर्भमा फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् ।
उनले कारबाही गरिएको निर्णयलाई अपरिपक्व भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनले फेशबुकमा लेखेका छन्-अनुशासनको कारवाही हो कि प्रतिशोध ? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति !!! नेपाली उखान ‘ पोहोर मरिन् सासु अहिले आए अॅासु ‘ ! बेमौसमी बाजा ! गम्भीर आपत्ति !! अपरिपक्क निर्णय तुरुन्त फिर्ता गर !!!
प्रतिक्रिया