काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि पत्रकारसँग कुरा गर्दै पत्रकारले सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’
अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले भने,‘त्यो गलत भयो, गलत भयो ।’ सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारलाई शुक्रबार आदेश दिएको थियो ।
सुकुमवासी वस्तीमा डोजर चलाउँदा दुई जनाले आत्महत्या गरेको तर रास्वपा सभापतिले संवेदना नराखेको भन्दै पत्रकारले थप प्रश्न गरेका थिए । जवाफमा लामिछानेले भने,‘म के भनिरहेको छु भने कोहि पनि घरबार विहिन हुनुपर्दैन । प्रक्रियामा यो भन्दा राम्रो हुन सक्थ्यो होला यो पनि मैले भनिसकेको छु । अन्तत गर्दा यसलाई समाधान त गर्नु पर्ला नि । अन्तिममा गन्तव्यमा पुग्दा कसैले पनि मलाई अन्याय परेछ भने भन्नु ।’
सुकुमवासी समस्या समाधान गर्न सरकारले नीति बनाएको र त्यही अनुसार अघि बढेको लामिछानेले जानकारी गराए ।
प्रतिक्रिया