काठमाडौं। तीनकुने हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । भारतबाट पक्राउ परेका प्रसाईँलाई नेपाल ल्याउने तयारी रहेको बताइएको छ । सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।
गत चैत १५ गतेको राजसंस्थावादी आन्दोलनपछि प्रसाईं वेपत्ता भएका थिए। उनले आफ्नो ज्यान खतरामा रहेको भन्दै सामाजिक सञ्जालमार्फत पटक/पटक भिडियो सन्देशहरू सार्वजनिक गरेका थिए। तीनकुने घटनापछि प्रसाईमाथि सार्वजनिक सम्पत्ति तोडफोड र उक्साहटसम्बन्धी अभियोग लगाइएको थियो। उनीमाथि चलिरहेको अनुसन्धानका क्रममा प्रहरीले धेरैपटक खोजी गरे पनि उनी सम्पर्कविहीन थिए।
प्रतिक्रिया