काठमाडौं । नेपाली कांँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले ढाकाकुमार श्रेष्ठ प्रकरणको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद गुरुङले प्रतिनिधि सभाको सदस्यले गरेको वार्तालाप, भ्रष्टाचारका कमिसनको सन्दर्भमा संसद चुप लागेर बस्न नहुँने भन्दै समिति बनाई घट्नाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
उनले भने,‘ त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ भनेर त्यो कोर टिम भनेको को हो ? यसको छानविनका लागि यो संसदभित्रको प्रतिनिधि सभाको सदस्यले गरेको वार्तालाप र भ्रष्टाचारको सन्दर्भमा कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्न हुँदैन त्यसैले आजकै दिनमा यहि बैठकबाट एउटा संसदीय समिति बनाएर यो घट्नाको निष्पक्ष छानबिन गर्न माग गर्दछु ।’
प्रतिनिधि सभा सदस्य जस्ता व्यक्तिले मन्त्री बन्न कै लागि व्यवसायीसँग पारदर्शिता ढङ्गले गरेको गफगाफ लज्जाबोधको विषय बनेको पनि सांसद गुरुङले बताए ।
उनले सांसद ढाका श्रेष्ठ र संलग्न सबैलाई कारवाही गर्न समेत माग गरे ।
प्रतिक्रिया