×

नीजि क्षेत्रलाई सरकारले ‘इन्जिन अफ ग्रोथ’का रुपमा लिएको छ-- अर्थमन्त्री महत

images


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकार र नीजि क्षेत्रको साझा प्रयास बिना आर्थिक विकास सम्भव नहुने बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभामा मन्त्री महतले नीजि क्षेत्रलाई ‘इन्जिन अफ ग्रोथ’को रुपमा लिएको बताउँदै सरकारको मात्रै एकल प्रयास बिना आर्थिक क्षेत्रको सुधार हुन नसक्ने बताए ।  

उनले भने,‘सरकार र नीजि क्षेत्रको संयुक्त प्रयास विना आर्थिक प्रगति हुन सक्दैन । समृद्धि प्राप्त गर्न नीजि क्षेत्र र सरकार अलग बाटो हिँडेर सम्भवन छैन । त्यसो हुँदा सरकारले नीजि क्षेत्रलाई ‘इन्जिन अफ ग्रोथ’को रुपमा लिएको छ । समस्या छन् । हामीले बुझेका छौं । लगानिकर्तामा समस्या आएको छ । त्यसलाई समाधान गर्न आवश्यक छ ।’ 

मन्त्री महत्तले नीजि क्षेत्र समस्या नै राज्यको समस्या भएको हुँदा सरकार हरेक सुखदुखमा साथ रहने प्रतिवद्धता जनाए । ऋणको व्याज तिर्न समस्या भए सरकार सहजीकरण गर्न तयार भएको तर, ऋण तिर्न नै अस्वीकार गर्ने बिषय सहन नसकिने मन्त्री महत्तको भनाई छ । 

उनले भने,‘ब्याज तिर्न समस्या आयो भने, सरकारले राहात दिने सक्छ । यसमा छलफल गर्न सकिन्छ । तर, लिएको ऋण फिर्ता दिन्न भन्नु ठिक होइन । त्यस्ता बिषयलाई राज्यले सहन सक्दैन् । सुख दुखमा सरकार साथ छ । जनताको  समस्या राज्य सयंन्त्रमा बस्नेहरुको समस्या हो । अर्थतन्त्र सुधार गर्न नीजि क्षेत्र र जिम्मेवारी लिएका अन्य संस्था मिलेर काम गर्नुपर्छ ।’ आर्थिक वृद्धि र उद्योग व्यवसाय विस्तारको जिम्मेवारी नीजि क्षेत्रको भएको हुँदा नीजि क्षेत्र चलायमान नहुँदा आर्थिक वृद्धि सम्भव नहुने मन्त्री महतले बताए ।  

उनले भने,‘सरकार मुलभूत रुपमा पूर्वाधारको विकासमा केन्द्रीत छ । तर, आर्थिक वृद्धि र उद्योग व्यवसाय विस्तारको जिम्मेवारी नीजि क्षेत्रको काँधमा छ । नीजि क्षेत्रको समस्या राज्यको समस्या हो । निजी क्षेत्र चलायमान नहुँदा आर्थिक वृद्धि सम्भव छैन् । रोजगारी सिर्जना गर्न सकिँदैन ।’
मन्त्री महतले मुलुकको राजस्व चिन्ताजनक अवस्थामा रहेको बताए । उनका अनुसार अहिलेसम्मको भन्सार संकलन गत आर्थिव वर्षको तुलनामा २८ प्रतिशतले कम छ । त्यसो हुँदा बिषय गम्भिर रहेको मन्त्री महतको भनाई छ । 

सोमबार २७ चैत २०७९ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया