×

एकैदिन तोलामा ३५ सयले घट्यो सुनको भाउ

images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार अघिल्लो दिन कीर्तिमानी मूल्यमा रहेको सुनको भाउमा उल्लेख्य गिरावट देखिएको हो। 

यससँगै छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि १ लाख १ हजार ५ सय रुपैयाँमा झरेको छ।  

चाँदीको भाउ पनि बिहीबार प्रतितोला ४५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार २६ फागुन २०७८ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया