×

आजको तरकारी तथा फलफूलको मूल्य 

images


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको लागि तरकारी तथा फलफुलको न्युनतम मुल्य सार्वजनिक गरेको छ ।  आज रातो आलु प्रतिकेजी २८ रुपैयाँ, नेपाली गोलभेँडा प्रतिकेजी ४० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ । तामा ९० रुपैयाँ, लोकल गाजर २० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैया, हरियो खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी तिते करेला १५० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ, भिण्डी १२० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १४० रुपैयाँ प्रतिकेजी रहेको छ ।
यस्तै, नेपाली सुन्तला १६० रूपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी, हरियो अंगुर १५०, अम्बा १००, आभोकाडो ४००, किवि ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ । 
 

शुक्रबार​ २७ माघ २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया