×

गण्डकीको समानुपातिक सांसदमा सुनिता थापालाई सिफारिस गर्ने कांग्रेसको निर्णय

images

काठमाण्डौ – नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त रहेको समानुपातिक सांसद पदमा सुनिता थापाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

कांग्रेस सांसद विमला गौचनको मृत्यु भएपछि गण्डकीमा कांग्रेसको एकजना समानुपातिक महिला सांसद पद रिक्त थियो । रिक्त पदमा स्याङ्जाकी सुनिता थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले मापदण्ड अनुसार भए/नभएको अध्ययन गर्नेछ । मापदण्ड पुगेमा आयोगले बल्ल नियुक्त गर्नेछ ।

सोमबार २४ मंसिर २०८१ ०१:१५ PM मा प्रकाशित

प्रतिक्रिया