काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल समग्रमा १२ देशले भाग लिएको प्रतियोगितामा ११औं स्थानमा रह्यो र भारत पुछारमा रह्यो । यस प्रतियोगितामा प्लेट च्याम्पियनसिप आयोजक हङकङले जित्यो भने बाउल च्याम्पियनसिप श्रीलंकाले जित्यो ।
त्यस्तै धेरै रन बानाउने खेलाडीको सूचीमा नेपालका सन्दीप जोरा रहेका छन् । सन्दीपले कुल ५ खेलमा १७६ रन बनाएका छन् । सन्दीपले ५ खेलमा २३ छक्का र ७ चौका प्रहार गरेका छन् ।
त्यस्तै धेरै विकेट लिने खेलाडी खेलाडीको सूचीमा नेपालका रशिद खानले ९ विकेट लिएर शिर्ष स्थानमा छन् । रशिदले अफगानिस्तानविरुद्ध प्रतियोगिताको एक मात्र ह्याट्रिक समेत लिएका थिए ।
प्रतिक्रिया