×

नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित

images

काठमाडौँ । नेपाल भियतनामसँग पराजित भएको छ । एएफसी एशियन कप छनौट अन्तर्गतको खेलमा भियतनामले नेपाललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा १-१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा २ गोल खाएको थियो । नेपालका लागि एक गोल खेलको १७औं मिनेटमा सनिस श्रेष्ठले गरेका थिए । 

खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लाकेन लिम्बुले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो ।

नेपाल अब अर्को खेल अक्टोबर १४ मा भियतनाममै खेल्ने तालिका रहेको छ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि नेपालले आफ्नो होम खेल भियतनाममै खेल्न लागेको हो ।  

 

बिहीबार २३ असोज २०८२ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया