×

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गर्दै

images


काठमाडौं ,आजदेखि जिल्ला अदालत काठमाडौंले पारिवारिक इजलास सुरु गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज (सोमवार) बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो।

उहाँले पारिवारिक इजलासले महिलावादी मुददा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाह सम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने बताउनुभयो।

प्रधानन्यायाधीश श्रेष्ठले यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्नसक्छ भन्ने उद्देश्य रहेको बताउनुभयो । साथै काठमाडौं जिल्लामा मुद्दाको संख्या धेरै रहेको र चाप पनि धेरै भएकाले महिलाहरुका मुद्दालाई प्राथमिकता दिन नसकी हेरविचार गर्न सक्ने स्थिति नहुने हो कि भनेर महिला तथा बालबालिकाका लागि छुट्टै फेमिली बेन्च को नामाकरणबाट गरिएको श्रेष्ठको भनाई छ ।

आगामी दिनमा अन्य ठाउँमा पनि यस किसिमका इजलास बिस्तार गर्ने उहाँले बताउनुभयो । प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई हेरेर आगामी दिनमा माना चामल मुद्दा, सम्बन्ध बिच्छेद लगायतका मुद्दा पनि पारिवारिक इजलासबाट निरुपण गर्ने बताउनुभयो।

प्रतिक्रिया
 

सोमबार २२ असोज २०८० ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया