काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।
अवतरणका क्रममा जहाज केहीबेर धावनमार्गमै रोकिएको थियो । जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ ।
प्रतिक्रिया