×

विद्युत आयात परिमाण घटाउँदै छौं, साढे ४ अर्बको विद्युत बेच्यौं- प्रधानमन्त्री ओली

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले विद्युत आयात परिमाण घटाउँदै लगेको उल्लेख गर्दै साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफल भएको उल्लेख गरेका हुन् ।

साथै उनले विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको बताएका छन्  । 

उनले भनेका छन्- 

हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौं । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत विदेश निर्यात गर्ने सफलता पाएका छौं।

शनिबार २५ साउन २०८२ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया