काठमाडौं । भारतमा कोरोना केस तीव्र रुपमा बढ्दै गएको छ ।
सक्रिय कोभिड-१९ का केसहरूको संख्या ६ हजार नाघेको छ । हाल देशमा ६ हजार १ सय ३३ सक्रिय केस छन्, जसमा पछिल्लो २४ घण्टामा ३ सय ७८ नयाँ केस फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ, जसमा कर्नाटकमा दुई, केरलामा तीन र तमिलनाडुमा एक जनाको मृत्यु भएको छ ।
कर्नाटकमा विभिन्न रोगहरूबाट पीडित ४६ र ७८ वर्षका दुई पुरुषहरूको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । दुवै जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।
अन्य रोग भएका केरलाका ५१, ६४ र ९२ वर्षका तीन पुरुषको उपचारका क्रममा निधन भएको हो । तमिलनाडुमा मधुमेह र गम्भीर मृगौला रोग भएका एक ४२ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।
१ जनवरी २०२५ देखि अहिलेसम्म भारतमा कोभिड–१९ बाट कुल ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ५३ जना कोभिड–१९ बाट निको भएका छन् ।
प्रतिक्रिया