×

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, १ अर्ब ३९ करोड रुपैयाँको कारोबार

images

शेयर बजार आज साेमवार पनि बढेको छ । हिजो आइतवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव २७ अङ्कले बढेर दुई हजार दुई सय ६८ दशमलव ८४ विन्दुमा पुगेको छ । 

आज होटल, विकास बैंक, जीवन बीमा र लगानी समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २२ कम्पनीका ३३ लाख २४ हजार कित्ता शेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सात करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेण्ट बैंकको शेयर सबैभन्दा धेरै तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

सोमबार २६ बैशाख २०७९ ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया