×

मुलुकको ३२ खर्ब ५५ व्यापारी र १० नेताको कब्जामा- दुर्गा प्रसाईँ 

images

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँले देशको ३२ खर्ब रुपैयाँ ५५ जना व्यापारी र १० जना नेताहरुले मिलेर दुवई, सिङ्गापुर र अमेरिकामा लगेर राखेको आरोप लगाएका छन् ।  काटेश्वरस्थित पेरिस डाँडामा पत्रकार सम्मेलनमार्फत आन्दोलनका थप कार्याक्रम अघि सार्दै उनले बैंकहरुले देशको धन बिदेशी बैंकमा थुपार्ने तर, सामान्य व्यापारीसँग चर्को व्याज असुलेर यातना दिने गरेको बताए । 

उनले भने,‘देशको ३२ खर्ब रुपैयाँ ५५ व्यापारी र १० नेता मिलेर दुवइ, सिङ्गापुर र अमेरिकामा लगेर राखेका छन् । सहकारीको यातनाले व्यापारी आत्महत्या गर्ने चरणमा पुगेका छन् । यसलाई रोक लगाउनु पर्छ । ऋणको व्याज धेरै भयो । सहि तरिकाले गरि खाना दिनु प¥र्यो । ३२ खर्ब रुपैया देशको बैंकमा फिर्ता गर्नु प¥यो ।’ 

पत्रकार सम्मेलनमो उनले राष्ट्रवादी शक्ति एकै ठाँउमा एकताबद्ध भएर आर्थिक क्रान्ति सुरुवात गर्नु पर्ने बताए । आन्दोलनमा साना व्यापारीबाट सहयोग भएको तर, स्वार्थका कारण ठुला व्यपारिक घरानाबाट सहयोग नभएको उनको भनाई छ । उनले यसअघि सञ्चालन गरिएको आन्दोलनका कार्याक्रम सफल भएको दाबी गर्दै आगामी कार्यक्रम अझ प्रभावकारी हुने बताए । 

यस्ता छन् प्रसाईले अघि सारेका माग 
–    सेतो हात्ती सरह संघीयताको खारेज हुनु पर्ने । सबै धर्मलाई सम्मान गर्दै वैदिक सनातन राष्ट्र कायम हुनु पर्ने ।
–    वर्तमान संविधान संशोधन गरि ०४७ सालको संविधान लागू गरिनुपर्ने ।  
–    बैंक, लघुवित्त सहकारी र विमा कंम्पनी तुरुन्तै राष्ट्रियकरण गरिनु पर्ने । 
–    २० लाख रुपैयाँभन्दा कम ऋण मिनाह गरिनु पर्ने ।
–    बैंकको व्याज ६५ प्रतिशत काम हुनु पर्ने 
–    २० लाखभन्दा माथिको ऋण ४५ देखी ५५ प्रतिशत व्याजदरमा दिनुपर्ने 
–    युवाका निम्ति नेपालमै रोजगार सिर्जना गरिनु पर्ने ।
–    बैंक तथा वित्तिय संस्थाले पत्रपत्रिकामा ३५ दिने सुचना निकाल्ने काम बन्द गर्नु पर्ने ।
–    ऋणीलाई  ऋण तिर्न पाँच वर्षको अवधि थप गरिनु पर्ने ।
–    निजामति कर्मचारी  तल्लो तहका सुरक्षाकर्मीको तलव एक लाख ५० हजार कामय गरिनु पर्ने ।

 

बिहीबार २५ फागुन २०७९ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया