×

भैरहवा जाँदै गरेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण

images

काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको हो।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताएका छन् । 

जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो । 

बिहीबार २५ फागुन २०७९ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया