कास्की । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि रविका समर्थकले खुशीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् । उनीहरुले यो जीत कसको जनताको, रवि दाइ हाइहाइ नारा लगाएका छन् । बिहीबार नै आदेश आउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ता अदालत परिसर पुगेका थिए । अदालतले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका हुन । साथै, रवि लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाका लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको हो ।
उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् प्रहरीले प्रक्रिया पुर्याएर परिवारको जिम्मा लगाउनेछ ।
जिल्ला अदालतको आदेशपछि आरोपितहरु धरौटी बुझाउने प्रक्रियामा छन् भने कोही रिहा भएका छन्। जिल्ला अदालतले उनीहरु कुनै न कुनै रुपमा कसुरमा संलग्न भएको प्रमाण देखिएको भनी प्रारम्भिक व्याख्या गरेको छ ।
यस्तो छ आदेशको पूर्णपाठः
प्रतिक्रिया