×

रवि लामिछानेलाई पोखराबाटै रिहा हुँदै , रवि आफैँ काठमाडौं अदालतमा उपस्थित हुने

images

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आज छाड्ने भएको छ । कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो । आरोपी  लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो ।  लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ ।

लिला पछाईको हकमा भने भोलिमात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेमाथि जहाँ-जहाँ मुद्दा छ ती सबै जिल्लाका अदालतमा कास्कीमा जस्तै थुनछेक बहस हुनेछ।

प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा लामिछाने आफैँ उपस्थित हुने सन्देश पठाएका छन् ।

बिहीबार २५ पुस २०८१ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया