×

दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा ज्वेलुक्कास

images


युएईमा रहेका नेपाली समुदायबीचका फुटबल क्लबहरूमध्ये धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र युएई नेपाली फुटबल संघको संयोजनमा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा ज्वेलुक्कास (Joyalukkas) रहने भएको छ।

आज सो सम्बन्धी सम्झौता संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र ज्वेलुक्कासका जनरल म्यानेजर मरिश कर्णबीच सम्पन्न भएको हो। युएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये एक मानिने ज्वेलुक्कास धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) का दिन दुल्स्को भिलेज , दुबईमा आयोजना हुने तय गरिएको छ।

करीब १८ वटा नेपाली क्लबहरूबीच हुने यो प्रतियोगिताको गत वर्षको संस्करण लमजुङ फुटबल क्लबले जितेको थियो।

शनिबार २३ कात्तिक २०८२ ०७:४४ PM मा प्रकाशित

प्रतिक्रिया