×

आजको राशिफल - २०८३ भदौ २३ गते मंगलबार

images

8 September 2026 - आजकै ताजा राशिफल

पञ्चाङ्ग: भाद्र कृष्णपक्ष द्वादशी १३:४८ बजेपछि त्रयोदशी, नक्षत्र तिष्य, चन्द्रराशि कर्कट। सूर्योदय ०५:४६ / सूर्यास्त १८:१५। राहुकाल ३:०७ देखि ४:४१ सम्म - शुभकार्य नगर्नु।

१२ वटै राशिको फल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मंगलको प्रभावले ऊर्जा र आत्मविश्वास बढ्नेछ। लामो समयदेखि रोकिएको काम पूरा गर्ने अवसर मिल्नेछ। व्यापारमा नयाँ कारोबारको सम्भावना। आवेगमा लगानी नगर्नुहोस्। प्रेममा भेटघाट सुखद बन्नेछ।
शुभ रंग: रातो | शुभ अंक: ८

वृष - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आर्थिक विषयमा सोचविचार गरेर कदम चाल्नु राम्रो। कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्छ। पुरानो कामबाट अपेक्षित परिणाम मिल्नेछ। बजेटमा ध्यान दिनुहोस्, अनावश्यक खर्च बढ्न सक्छ।
शुभ रंग: केशरी | शुभ अंक: ७

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, हा
बोली र बुद्धिको राम्रो उपयोग हुनेछ। कार्यक्षेत्रमा छलफलबाट आफ्नो पक्ष बलियो बनाउन सकिनेछ। व्यापारमा नयाँ ग्राहक वा सहकार्यको सम्भावना। आर्थिक रूपमा अतिरिक्त आम्दानीको बाटो खुल्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ५

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मन केही संवेदनशील रहन सक्छ। परिवारसँग जोडिएका विषयमा बढी समय दिनुपर्ला। घरायसी खर्च बढ्ने सम्भावना। घर वा सम्पत्ति सम्बन्धी काममा सकारात्मक प्रगति। मानसिक थकान कम गर्न आराम गर्नुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ६

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नेतृत्व क्षमता बलियो बन्नेछ। कार्यक्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर। तपाईंको निर्णयको प्रशंसा हुनेछ। व्यापारमा प्रतिस्पर्धीलाई पछि पार्ने अवसर। सामाजिक प्रतिष्ठा बढ्नेछ।
शुभ रंग: पहेलो | शुभ अंक: १

कन्या - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
योजनाबद्ध ढंगले काम गर्दा समय र श्रमको बचत हुनेछ। कागजी काम र हिसाबकिताबमा सफलता। विवरणमा ध्यान दिनुहोस्, सानो गल्तीले समस्या आउन सक्छ। बचतमा ध्यान दिने दिन हो।
शुभ रंग: रातो | शुभ अंक: ३

तुला - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्बन्ध र सहकार्यमा राम्रो वातावरण। सहकर्मी वा साझेदारको साथले काम सहज बन्नेछ। व्यापारमा नयाँ सहकार्यको प्रस्ताव आउन सक्छ। सामाजिक भेटघाटबाट भविष्यमा उपयोगी सम्बन्ध बन्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: ४

वृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानोतिनो कुरा लम्ब्याउँदा विवाद बढ्न सक्छ। अड्केका कार्यमा परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। ध्यान केन्द्रित गर्नुहोला।
शुभ रंग: निलो | शुभ अंक: २

धनु - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
धार्मिक क्रियाकलाप र यात्राको सम्भावना। गुरु वा ज्येष्ठ व्यक्तिसँगको संवाद लाभदायक हुनेछ। भाग्य वृद्धि र नयाँ ज्ञान प्राप्तिको प्रबल योग।
शुभ रंग: पहेलो | शुभ अंक: ९

मकर - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, ग, गि
अड्चनहरू पार गर्दै लक्ष्यमा पुगिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो लगानीबाट लाभ मिल्न सक्छ। गोप्य योजना सफल बन्नेछन्।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, दा
दाम्पत्य जीवनमा खुशी बढ्नेछ। साझेदारी व्यापारमा लाभ। नयाँ मित्रता बन्नेछ। यात्राको योग।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शत्रु परास्त हुनेछन्। काममा व्यस्तता बढ्नेछ। ऋण वा रोगबाट मुक्ति मिल्न सक्छ। प्रतिस्पर्धामा जित मिल्नेछ।

---
आजको शुभ समय: बिहान १०:२७ देखि १२:०१ सम्म
आजको उपाय: मंगलबार भएकाले हनुमान मन्दिरमा सिन्दुर र तेल चढाउनुहोस्, संकट टर्नेछ। जय बजरंगबली 🙏

मङ्गलबार २३ भदौ २०८३ ०९:२० AM मा प्रकाशित

प्रतिक्रिया