×

कर्तव्य ज्यान मुद्दाका ७ बर्षदेखि फरार प्रतिवादी पक्राउ

images

काठमाडौं । कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१ पानी ट्याङ्की बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएका ३८ वर्षीय संदिप धामी भन्ने रूपलाल धामीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सुनसरीको २०७५ फागुन २८ गतेको फैसला उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरी पठाइएको छ ।

 

शुक्रबार​ २४ साउन २०८२ १२:५६ PM मा प्रकाशित

प्रतिक्रिया