काठमाडौँ । गाजामा पूर्ण नियन्त्रण लिने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाको विरुद्धमा इजरायलमा प्रदर्शन शुरु भएको छ ।
टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरले इजरायलमा ठूलो असन्तुष्टि रहेको र मानिस बिहीबार रातिदेखि दर्जनौं ठाउँहरूमा सरकारको विरोधमा सडकमा उत्रिएको बताएका छन् । उनले सरकारले धेरै अलोकप्रिय कदम चालेको र सरकारको पछिल्लो निर्णयप्रति व्यापक असन्तुष्टि रहेको बताएका छन् । उनले सरकारले कूटनीतिक वा राजनीतिक समाधान खोज्नुको सट्टा बढी बलियो कदम चाल्ने मानसिकतामा फसेको आम रुपमा आरोप लगाइएको उल्लेख गरेका छन् ।
इजरायलको सुरक्षा क्याबिनेटमा १० घण्टाको छलफलपछि शुक्रबार बिहान गाजालाई पूर्ण रुपमा नियन्त्रण लिने नेतान्याहूको योजना अनुमोदन गरिएको थियो । यस अघि प्रधानमन्त्री नेतान्याहूको योजनाप्रति सेनाको शिर्ष नेतृत्व समेत असहमत भएको बताइएको थियो । इजरायली जनताले गाजामा पूर्ण नियन्त्रणतर्फ जादा हाल बन्धक रहेका इजरायलीको सकुशल रिहाइ झन् अनिश्चित हुने भन्दै विरोध शुरु भएको बताइएको छ ।
प्रतिक्रिया