×

इजरायली हाई–टेकमा एक तिहाइ महिला कामदार

images

इजरायलको उच्च प्रबिधिसम्बन्धी उद्योगमा एक तिहाइ कामदार महिला रहेका छन् । इजरायल इनोभेसन अपरेट्रिटले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जारी गरेको वार्षिक प्रतिवेदनअनुसार इजरायलको उच्च प्रविधि उद्योगका २२.६ प्रतिशत वरिष्ठ अधिकारीहरू महिला छन् ।

त्यस्तै ९.४ प्रतिशत प्रमुख कार्यकारी अधिकारीहरू रहेका र उनीहरूमध्ये धेरैले सन् २०१० देखि सन् २०२१ को बीचमा इजरायलमा नयाँ व्यवसायिक कम्पनीहरू स्थापना गरेका थिए । 

यसबाहेक, इजरायलको सबैभन्दा ठूलो र सक्रिय उद्यम पूँजी कम्पनीहरूमा १६.५ प्रतिशत साझेदारहरू महिला छन् र यीमध्ये ५७ प्रतिशत कम्पनीहरूमा एकल महिला साझेदारको छैनन् । रिपोर्टअनुसार अनिवार्य सैन्य सेवामा विकास र साइबर भूमिकामा सेवारत २३ प्रतिशत महिलाहरू छन् । 

इजरायलको उच्च प्रविधिको क्षेत्रमा लैङ्गिक समानता बढाउन प्रतिवेदनमा विभिन्न सिफारिस गरिएको छ । यसमा महिला एकीकरणलाई कार्यबलमा सुविधा प्रदान गर्न श्रम सहयोगी नियमनको स्थापना र सैन्यमा महत्वपूर्ण प्रविधिको भूमिकामा कार्यरत महिलाहरूको सङ्ख्या बढाउने उपायहरू समावेश छन् ।  

मङ्गलबार २४ फागुन २०७८ १०:०३ PM मा प्रकाशित

प्रतिक्रिया