×

राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्नेबारे टुङ्गोमा पुग्दै राप्रपा -- केन्द्रिय कार्यसम्पादन समिति बैठक जारी

images

 
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । 

प्रवक्ता मोहन श्रेष्ठले, बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीको भूमिका तथा  समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताए ।

उनले भने ‘पूर्व निर्धारित योजना अनुसार भोली हुने राष्ट्रपति चयनमा पार्टीको भूमिकाबारे आज ठोस निर्णय गर्ने गरि छलफल भैरहेको छ ।’

राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपा नौ दलीय गठबन्धनका उम्मेद्वार रामचन्द्र पौडेल र एमालेका उम्मेद्वार सुवास नेम्वाङ मध्ये कसलाई सघाउने भन्नेमा अन्यौलमा छ । यसअघि दुबैजनाले छुट्टाछुट्टै राप्रपा पार्टी कार्यालयमै पुगेर आफुलाई सघाउन अनुरोध गरेका थिए ।
 

बुधबार २४ फागुन २०७९ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया