×

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

images

काठमाडौँ - स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५ सय  रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९ सय ८० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार २१ असोज २०८१ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया