×

केन्यामा टी–२० र एकदिवसीय शृङ्खला जितेको नेपाली टोली काठमाण्डाै आइपुग्याे

images

केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अभ्यास शृङ्खलामा सहभागी भएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ । 

पाँच वटा टी–२० र तीन वटा एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज काठमाण्डौ आइपुगेकाे हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीसँगको पाँच खेलको टी–२० शृङ्खला तीन–दुईले र तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो । 

भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हाmेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए । 

यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको शृङ्खला नयाँ र युवा खेलाडीका लागि अनुभव सङ्गाल्ने मौका भएको प्रतिक्रिया दिए । नयाँ प्रशिक्षकको योजनाअनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । 

नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेशअनुसारको टोलीमा आबद्ध हुनेछन् । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भदौ २३ गतेदेखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुँदैछ । 

बुधबार २२ भदौ २०७९ ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया