काठमाडौँ । भारतले अमेरिकाले भारतमाथि थप कर लगाउने निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकाले हालैका दिनहरूमा भारतको रूसबाट तेल आयातलाई लक्षित गरेको आरोप लगाउदै थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ ।
विदेश मन्त्रालयले भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने स्पष्ट गरेको छ ।
विदेश मन्त्रालयले भनेको छ- 'हामीले यी मुद्दाहरूमा हाम्रो अडान पहिले नै स्पष्ट गरिसकेका छौं, जसमा हाम्रो आयात बजार कारकहरूमा आधारित छ र भारतका १.४ अर्ब जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने समग्र उद्देश्यका साथ गरिएको छ भन्ने तथ्य पनि स्पष्ट रहेको छ । त्यसकारण, अमेरिकाले भारतमाथि थप शुल्क लगाउने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण छ । हामी दोहोर्याउँछौं यी कार्यहरू अनुचित, न्यायसंगत नभएको र अविवेकी छन् ।
यसअघि ट्रम्पले बुधबार साँझ एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भारत सरकारले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रूसबाट तेल आयात गरिरहेकोले थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसअघि, उनले जुलाई ३० मा भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अब अमेरिकाले भारतमाथि जम्मा ५० प्रतिशत कर लगाउने भएको छ ।
प्रतिक्रिया