×

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्छ- गृहमन्त्री लेखक

images

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने बताएका छन् ।

बिहिबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उहाँले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्व सूचना प्राप्त गर्ने बताएका हुन् । उनले भने- 'नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।

उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउदै त्यसमा नेपाल पनि रहेको बताए ।

उनले भने- 'संयुक्त राज्य संघले सन २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सुचना प्राप्त गर्नुपर्छ भनेको छ । हामी अहिले त्यसको मार्गचित्र बनाउदै छौ थोरै पछाडी परेका छौ अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्व सुचना पाउने सुनिश्चिता गर्छ ।

उनले अहिले पूर्वसुचना प्रणालीले मानविय क्षति नभएको बताए । पूर्वसुचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको उनको भनाई थियो । उनले भने- 'जुन ठाउँमा हामीले पूर्व सुचना दिनसक्यौ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानविय क्षति भभएको छैन । जुन ठाउँमा पूर्व सुचना दिन सकेनौ तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानसवय क्षति भएको छ ।

उनले रसुवामा आएको बाढीबारे पूर्व जानकारी नहुँदा जनधनको क्षति भएको बताए । उनले गत वर्ष कञ्चनपुरमा ७७ वर्ष यताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्व सुचना हुँदा मानविय क्षति नभएको बताए ।

बिहीबार २३ साउन २०८२ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया