×

प्रचण्डले ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको ओलीको आरोप भन्छ्न , जहाँ भन्यो त्यहीँ मुकाविला गर्न एमाले तयार

images

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूले नेपाल आएको बेलामा ‘रअ’ का प्रमुखसँग सार्वजनिक रुपमा भेटवार्ता गरेको भन्दै प्रचण्डले भारत गएको बेला गोप्य भेटवार्ता गरेको आरोप लगाएका हुन् ।

‘भारतबाट ‘रअ’ का प्रमुख नेपाल आए । म सँग भेट्छु भने । मैले भेट दिएँ । त्यो कुरा कुनै गोप्य होइन, सार्वजनिक ढंगले भेटँे, सार्वजनिक ढंगले कुरा गरँे र सार्वजनिक ढंगले विदा गरेँ । यसपल्ट प्रचण्ड जी दिल्ली जानुभयो ।

उनको निवासमा गएर लुकेर भेट गरेर गोप्य निमन्त्रणा गरेर आउनु भयो । मैले भएर भेट गरेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो,’– उनले भने ।

ओलीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको पनि बताए । भेलालाई सम्बोधन गर्दै उनले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रीतम सिंहलाई अनावश्यक विवादमा मुछिएको आरोप लगाए ।

ओलीले सत्ता पक्षसँग आफ्नो दल पार्लियामेन्टमा मात्रै नभएर ठाउँ तोकेर बोलाए त्यही जान तयार रहेको बताए । उनले थपे,‘उहाँ (प्रचण्ड) ले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु–पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ । स्पट तोकेर बोलाए हुन्छ ।’

शुक्रबार​ २२ असार २०८० ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया