×

पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक-  चीन

images

काठमाडौं । चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको जनाएको छ । “भारत र पाकिस्तान एक-अर्काका छिमेकी हुन् । र, दुवै चीनका पनि छिमेकी हुन्”, चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

सीएनएनका अनुसार, भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जाँदा चीन कूटनीतिक द्विविधामा परेको छ । दुई देशबीचको तनाव चीनले ट्रम्प प्रशासनको दबाबलाई प्रतिरोध गर्न छिमेकी र व्यापारिक साझेदारसँग सम्बन्ध मजबुत बनाउने रणनीतिक प्रयासअन्तर्गत भारतसँग सम्बन्ध सुधार्न खोज्दै गरेको बेलामा आएको हो ।

पाकिस्तान चीनको निकट साझेदारमध्ये एक हो । पाकिस्तान चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक पनि हो । अप्रिल २७ मा चीनका विदेशमन्त्री वाङ यीले आफ्नो पाकिस्तानी समकक्षीसँग टेलिफोनमा कुराकानी गर्दै पाकिस्तानप्रति समर्थन व्यक्त गरे र चीनले दुवै देशबीचको विकास भएका घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेको बताएका थिए ।

“पाकिस्तानको अटल मित्र र सर्वकालीन रणनीतिक सहयोगी साझेदारको रूपमा चीनले पाकिस्तानका कानुनी सुरक्षा चिन्ताहरू पूर्णरूपमा बुझ्छ र पाकिस्तानले आफ्नो सम्प्रभुता र सुरक्षा हितको रक्षा गर्न समर्थन गर्छ,” वाङले भनेका थिए ।

बुधबार २४ बैशाख २०८२ ०२:२२ PM मा प्रकाशित

प्रतिक्रिया