×

आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारलाई कांग्रेसको सुझाव

images

काठमाडौं । नेपाली कांग्रेस नेपाल शिक्षक महासंघसँग भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रिय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै सरकार प्रमुख (प्रधानमन्त्री) कै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेका छन् ।

‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसंग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरु सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।

सरकारले विभिन्न चरणमा आफूहरुसँग गरेको सहमति अक्षरश पालना गर्दे तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शिक्षकहरु काठमाडौं केन्द्रीत सडक प्रदर्शनमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकहरुको माग पूरा गरिनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको धारणा सार्वजनिक भएलगत्तै सत्तारुढ दल नेपाली कांग्रेसले पनि विज्ञप्ति जारी गर्दै शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई दवाब दिएको छ ।

 

सोमबार २४ चैत २०८१ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया