×

स्थानीय चुनावमा तालमेल गरेर अत्यधिक सफलता हासिल गर्छौं : माधव नेपाल

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा ठूलो सफलता हासिल गर्ने बताएका छन् ।

सोमबार रामेछापबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा तालमेल गरेर अत्याधिक सफलता हासिल गर्ने दाबी गरेका हुन् ।

“आगामी चुनावलाई केन्द्रविन्दुमा राखेर प्रत्येक पालिका कमिटी बनाएर कमिटी विस्तार गरी कमिटी बनाउँदै जानेछौँ । जो–जोसँग हाम्रो तालमेल मिल्छ । उनीहरूसँग तालमेल गरेर अत्यधिक सफलता हासिल गर्छौं,” अध्यक्ष नेपालले भने ।

स्थानीय तह निर्वाचन केन्द्रित भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा आफूहरू लागेको उनले बताए । 

सोमबार २३ फागुन २०७८ ०४:२२ PM मा प्रकाशित

प्रतिक्रिया