×

आरोप प्रमाणित गर्न रवि लामिछानेलाई कान्तिपुरका अध्यक्ष सिरोहिया चुनौति

images

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजी आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै खेद प्रकट गरेका छन् ।

आज (मंगलबार) विज्ञप्ती जारी गर्दै सिरोहियाले लामिछानेले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोखेको होला पनि भनेका छन् ।

सिरोहियाले प्रश्न गरेका छन्-“के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?”

मङ्गलबार २४ माघ २०७९ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया