×

विभिन्न हतियारसहित मनमैजुबाट एक जना पक्राउ

images

काठमाडौं । तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । ति हतियार भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा लुटिएको हुनसक्ने प्रहरीको आकलन रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

बिहीबार २१ कात्तिक २०८२ ०७:०६ PM मा प्रकाशित

प्रतिक्रिया