×

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता, रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी

images

काठमाडौँ — आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।

निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

'मंसिर १६ गते आइतबार सम्पन्न हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि आयोगको निर्णयबमोजिम २०८१ असोज १० देखि १६ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निवेदन दर्ता हुन आएका २६ दलमध्ये आयोगको २० गते बसेको बैठकको निर्णयअनुसार कानूनी रीत पूरा भएका २५ दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली,२०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ,' आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार​ २० असोज २०८१ ०७:५४ PM मा प्रकाशित

प्रतिक्रिया