काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा सेभियाले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको जितमा एलेक्सिस सान्चेज, इसाक रोमेरो, जोसे एंगेल कार्मोना र अकोर एडम्सले एक एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाका लागि मार्क राशफोर्डले एक गोल गरेका थिए । यस खेलमा बार्सिलोनाले पाएको पेनाल्टी रोबेर्ट लेवानडोस्कीले मिस गरेका थिए ।
यो जितपछि सेभियाको ८ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाले भने यस सिजनमा पहिलो हार बेहोरेको छ । ८ खेलमा १९ अंक रहेको बार्सिलोना लिगमा दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया