×

आज हरितालिका तीज , पशुपतिनाथ लगायत देशभरका शिवालयमा बिहानैदेखि भीड

images

काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौंको पशुपतिमा नाचगान र भगवान् शिवको आरधाना गरेर मनाउँदै छन् । प्रत्येक वर्ष हरितालिका (तीज) पर्व नेपालमा भाद्र शुक्ल तृतीयामा मनाइन्छ । यो पर्वको धार्मिक मान्यता अनुसार, पार्वतीले महादेवलाई पति पाउने वरदान प्राप्त गर्नको लागि आजको दिन व्रत बसेको मान्यता रअहेको छ । यस पर्वको व्रत धर्मशास्त्रअनुसार, केवल महिलाको जिम्मेवारीमा मात्र नभई पुरुषहरूले पनि व्रत गर्न सक्ने नियम रहेको छ । 

हरितालिका तिजका अवसरमा छिटो र सहज ढंगले पशुपतिमा पूजा–अर्चना गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो। पशुपतिको मन्दीर प्रांगण पुग्नका लागि चारतिरबाट रूट तय गरिएको छ। 

एउटा गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइए छ।

त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ।

पिंगलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र कोषका सुरक्षाकर्मी सहितको एकीकृत सुरक्षा योजना लागू गरिएकाले पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ। दर्शनार्थीको भीड भएको क्षेत्रमा सवारी निषेध गरिएको छ । पशुपति क्षेत्रमा नेपाली सेनालगायतले स्वास्थ्य शिविरको सेवा दिएका छन्।

हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ। देशभरका शिवालयमा बर्तालु महिला, पुरुषको भीड लागेको छ।

शुक्रबार​ २१ भदौ २०८१ ०१:३३ PM मा प्रकाशित

प्रतिक्रिया