×

उत्तराखण्डस्थित धरालीको बाढीमा सयभन्दा बढी बेपत्ता भएको आशंका

images

काठमाडौँ । भारतको उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ ।

राहत र उद्धारमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र भारतीय सेनाका टोलीहरू सामेल रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले हेलिकप्टरबाट घटनास्थलको हवाई सर्वेक्षण गरेका छन् ।

एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई भने अनुसार अहिलेसम्म १५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै अहिलेसम्म चार जनाको मृत्यु भएको छ र १०० भन्दा बढी व्यक्ति हताहत, बेपत्ता हुन सक्ने आंकलन रहेको उनले बताएका छन् । यद्यपि स्थानीय प्रशासनले अहिलेसम्म कति बेपत्ता छन् भन्ने पुष्टि हुन नसकेको बताएको छ ।

मंगलबार दिउसो उत्तरकाशीको खीरगंगा नदीमा बादल फाटेपछि अचानक आएको बाढीले धराली बजार बगाएको थियो ।

 

बुधबार २२ साउन २०८२ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया