काठमाडौँ । बलिउडमा फेरि एक पटक बक्स अफिसमा ठुला फिल्मको भिडन्त भएको छ । हालै रिलिज भएका धेरै फिल्महरूले दर्शकहरूलाई सिनेमाघरहरूमा आकर्षित गर्न सफल भएका छन् भने केही फिल्महरूको ओपनिङ अपेक्षाभन्दा कम भएको छ । जुलाई १८ मा रिलिज भएको सैयाराको दबदबा बक्सअफिसमा कायम रहेका बेला अगस्ट १ मा रिलिज भएका फिल्म 'सन अफ सरदार २' र 'धडक २' भने दर्शकलाई आकर्षित गर्न असफल भएका छन् । यसैबीचमा एक फिल्म महाअवतार नरसिंहले भने बक्स अफिसमा सबैलाई सरप्राइज गरिरहेको छ ।
अजय देवगनको हिट फिल्म सन अफ सरदारको सिक्वेल सन अफ सरदार- २ ले बक्स अफिसमा करिब ३० करोड मात्र कमाई गरेर औसत साबित भएको छ । ठूलो बजेटको यो फिल्मले दर्शकलाई आकर्षित गर्न अफसल भएको छ ।
त्यस्तै फिल्म धडकको सिक्वेल धडक- २ को बारेमा दर्शक उत्सुक थिए, तर फिल्मले अहिलेसम्म केवल १५ करोड मात्र कमाई गरेर दर्शकको साथ पाउन असफल भएको छ । करिब ४० करोडमा बनेको यो फिल्म बक्स अफिसमा फ्लप भएको छ । यस फिल्ममा सिद्धान्त चतुर्वेदी र तृप्ति डुमरीको प्रमुख अभिनय रहेको छ ।
त्यस्तै सैयाराले धेरै समयदेखि बक्स अफिसमा दबदबा बनाएको छ । जुलाई १८ मा रिलिज भएको यस फिल्मले अहिलेसम्म ३१० करोड भन्दा बढी कमाएको छ । यो फिल्म यस वर्षको सबैभन्दा ठूलो हिट फिल्मको सूचीमा समावेश भएको छ ।
यो धार्मिक र पौराणिक फिल्मले बिस्तारै आफ्नो पकड बलियो बनाउदै गएको छ । फिल्मले सुस्त सुरुवात गरेपनि अहिले दैनिक कलेक्सन बढिरहेको छ । फिल्मले अहिलेसम्म ७५ करोड भन्दा बढी कमाएको छ । १५ करोडको बजेट बनेको यस फिल्मले बक्स अफिसमा सरप्राइज रुपमा झण्डा गाडेको छ ।
प्रतिक्रिया