नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो ।
सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन् । एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ ।
वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलङ्काली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ । गत वर्ष विश्व खाद्य कार्यक्रम ९डब्ल्युएफपी०ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो । यो वर्ष करिब ४० लाख श्रीलङ्कालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ ।
दश लाख बालबालिकाले विद्यालयमा खाजासँगै अध्ययन गरेका छन् । डब्ल्युएफपीले देशका नौ जिल्लामा विद्यालय खाजा कार्यक्रम कार्यान्वयन गरेको छ । विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्कूलहरूमा चामल वितरण गरिएको थियो । एक्काइस प्रतिशत श्रीलङ्काली सन्तुलित भोजनबाट वञ्चित छन् ।
जग्गा भाडा, श्रमशक्ति, इन्धन, कृषि सामग्री र ऋण भुक्तानीमा भएको उच्च खर्चका कारण कृषि गतिविधिमा संलग्न घरपरिवारको ज्यादै घटेको छ । सामाजिक सुरक्षा, निवृत्तिभरण र मानवीय सहायतामा भर परेका परिवारहले गत वर्षको तुलनामा यो वर्ष आम्दानी स्थिर रहेको बताएका छन् । अदक्ष श्रम, कृषि, निवृत्तिभरणमा निर्भर परिवारको अनुपात बढेको छ ।
प्रतिक्रिया