काठमाडौ । भोजपुरमा ज्वाइँ नाता पर्ने एक व्यक्तिले एकै परिवारका चार जनाको हत्या गरेका छन्। भोजपुर नगरपालिका-२ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरेका हुन्।
उनले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हत्यापछि राजेन्द्रले आफैँले प्रहरीलाई खबर गरेका थिए।
राजेन्द्रले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या भएको गरेका हुन्। घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेका छन् ।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा भईरहेको छ। राजेन्द्र पाँच दिनअघि ससुराली घर आएका थिए। राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले बताएका छन्। राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियार प्रहार भएको घाउँ देखिएको छ ।
प्रहरीका अनुसार, उनले आफ्नै हातबाट यी सबैको ज्यान लिएपछि आफैँ प्रहरीलाई फोन गरेर ‘मैले यस्तो गरेँ’ भन्दै जानकारी गराएका पनि प्रहरीले जनाएको छ।
यो घटना सामान्य पारिवारिक विवादजस्तो देखिए पनि यसको जरा सानै उमेरमै भएको विवाहसँग जोडिएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रारम्भिक विवरणमा राजेन्द्रले नाबालिग किशोरीलाई भगाएर विवाह गरेका थिए। विवाहपछि उनले किशोरीलाई भोजपुर लिएर गए। तर एक वर्ष नबित्दै श्रीमती माइती फर्किएपछि सम्बन्ध बिग्रिन थाल्यो। श्रीमतीलाई जबरजस्ती घर लान खोज्ने राजेन्द्रको ससुराली पक्षलाई झगडा चर्किँदै जाँदा हिंसात्मक घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया