×

नेपालविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिशोधको गन्ध आयो - प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालविरुद्धको भ्रष्टाचारको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् । संसद् भवनमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अदालतले माधव नेपालमाथि पक्कैपनि न्याय गर्ने आफ्नो विश्वास रहेको दाहालको भनाई छ ।

उनले भने,‘तर, कुरा के छ भने प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ एउटा प्रश्न जन्माएको छ । त्यो के भने पहिला अख्तियारले प्रधानमन्त्रीको बारेमा र क्याविनेटको डिसिजनको विषयमा अख्तियारको क्षेत्राधिकारभित्रभन्दा बाहिरको कुरा भएकोले ललिता निवासको प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन्, जे गर्नुछ त्यो क्याविनेटले नै गरोस भनेर चिठ्ठी लेखेको छ । मैले आँफैले नै त्यो चिठ्ठी हेरेको छु ।’ 

शुक्रबार​ २४ जेठ २०८२ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया