×

बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान

images

महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताएका छन्।

कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुंगानाको ६२औँ स्मृति दिवसको अवसरमा आज धनुषाको धनुषाधाममा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गरे।

सभापति देउवाले संविधानसम्मत ढंगले बनेको सरकारलाई कमजोर पार्ने प्रयास अनुचित भएको भन्दै गठबन्धन स्थायीत्वको बाटोमा अघि बढिरहेको बताए। पछिल्ला दिनमा प्रतिनिधिसभामा देखिएको अवरोधप्रति विरोध जनाउँदै उनले भने, ‘गठबन्धन सरकार संविधानअनुसार नै बनेको हो।’

आर्थिक वर्ष २०८२र८३ को बजेटबारे सभापति देउवाले सरकारले ल्याएको बजेट सन्तुलित, समावेशी र उत्पादनमुखी रहेको बताए। समग्र आर्थिक विकासमा बजेटले योगदान गर्ने उनले विश्वास व्यक्त गरे। ‘बजेटले विकास, रोजगारी र समावेशी योजनालाई प्राथमिकता दिएको छ,’ उनले भने।

शुक्रबार​ २४ जेठ २०८२ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया