कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटील समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।
अधिकारीका अनुसार मुम्बईबाट आएका २३० नमूनामध्ये २२८ वटा ओमिक्रोन भेरियन्टका छन्् । त्यस्तै एक जनामा काप्पा भेरियन्ट भेटिएको र अर्कोमा ओमिक्रोन एक्सई भेरिएन्ट रहेको पाइएको छ ।
अधिकारीले भने, “यो भाइरसको नयाँ किटाणुबाट सङ्क्रमित बिरामीको अवस्था गम्भीर छैन ।”
“ओमिक्रोनको बीए–टु प्रजातीभन्दा एक्सई १० प्रतिशत बढी सङ्क्रमण हुनसक्ने देखिएको छ । अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरिएन्टमध्ये सबैभन्दा सङ्क्रामक ठानिएको छ ।
प्रतिक्रिया