×

४ चैतबाट सुर्खेतमा तेश्रो कर्णाली चलचित्र कार्यशाला हुने  

images

काठमाडौं, २२ फागुन-  तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैत देखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ । केवी इन्टरटेनमेन्ट प्रा.लि.ले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो । गत वर्ष फागुनको २३ देखि २८ गतेसम्म दोश्रो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो र दोस्रो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकेका विधार्थी र अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण लिने छन् । आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काका अनुसार यसपटकको कार्यशाला प्रयोगात्मक विशेष हुनेछ ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष खड्काले भने ।
यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ ।

चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसीले प्रयोगात्मक सहितको कक्षा लिने छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन भने छायाँकार निरज कँडेलले छायाँकन सम्बन्धि प्रयोगात्मक प्रशिक्षण दिने छन् । यस्तै फिल्म सम्पादक  रुपेश मिजारले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धि कक्षा लिने भएका छन् ।

कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र दुई वटा लघू चलचित्र निर्माण गर्ने छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहने छ ।

बिहीबार २२ फागुन २०८१ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया