×

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

images

काठमाडौं। राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन्। यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन्।

प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन्।

राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ रहेका छन्।

योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ।

बिहीबार २२ फागुन २०८१ ०७:०२ PM मा प्रकाशित

प्रतिक्रिया