×

कुलमानलाई तीन दिनको म्याद दिएर सरकारले स्पष्टीकरण सोध्यो

images

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो।

यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो।  कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए।

घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौता अनुसार भदौ महिनाभित्र मन्त्रालयको समिति मार्फत कार्यसम्पादन मूल्यांकन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै बुझाएका थिएनन्।

तेस्रो वर्ष कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था उनीसँगको सम्झौतामा उल्लेख छ।

 

बिहीबार २२ फागुन २०८१ ०८:१८ AM मा प्रकाशित

प्रतिक्रिया